Logo

प्रवक्ता विश्वकर्मा पक्राउ


कलाखबर सम्वाददाता, २३ श्रावण – नेत्रबिक्रम चन्द विव्लव नेतृत्वको नेकपा माओबादीका प्रवक्ता एवं स्थाई समिति सदस्य खड्कबहादुर विश्वकर्मालाई प्रहरीले राजधानीको दक्षिणकालीबाट मंगलबार साझ पक्राउ गरेको छ l

सरकारले पछिल्लो समय समाजमा अशान्ति र हिंसा फैलाएको आरोपमा चन्दनिकट माओबादी नेता तथा कार्यकर्ताको धरपकड र निगरानीलाई तिब्रता दिएको छ l

तर माओबादीले भने बिनाकारण विश्वकर्मालाई पक्राउ गरिएको सरकारलाई आरोप लगाएको छ l

पार्टी संयोजक नेत्रबिक्रम चन्दले बुधवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ताको विना शर्त अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेका छन् l

साथै चन्दले सरकारले एकपछि अर्को गर्दै जनताको राजनैतिक अधिकारलाई निषेध गर्दै अगाडी बढेको आरोप लगाउदै त्यसका बिरुद्द कडा संघर्षमा उत्रन समेत सम्पूर्ण लोकतान्त्रिक तथा रास्ट्रवादी शक्तिलाई आह्वान गरेका छन् l

यसका लागि माओबादीले श्रावण २५ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको छ l

प्रतिक्रिया दिनुहोस्