Logo

सकियो ‘प्रसाद’को सुटिङ, मंसिर २१ गते रिलिज


 

कलाखवर सम्वाददाता, श्रावण २१ – चलचित्र ‘प्रसाद’को छायाँकन सकिएको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रको आइतबार इन्डक्ल्याप भएको हो । अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको प्रसादको आइतबार चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष दिनेश सिटौलाले क्ल्याप ठोकेर चलचित्रको सम्पुर्ण छायाँकन सकिएको घोषणा गरेका थिए ।

उक्त इन्डक्ल्याप कार्यक्रममा चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको थियो । चलचित्र मंसिर २१ गते प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिए । चलचित्रमा निसन्तान दाम्पत्यिको भूमिका विपिन र नम्रता देखिन्दैछन् ।चलचत्रिको कथा संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरबाट निर्मित यो चलचित्रका निर्माता सुवाष थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्