कलेजले मनायो १९ औं स्थापना दिवस

उत्सव वाग्ले ,श्रावण १६ – “रक्तदान जीवनदान” भन्ने मूल नारा सहित मनमोहन कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजको १९ औं स्थापना दिवसको अवसरमा मनमोहन मेमोेरियल कलेजले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
ठुला अस्पतालमा रगतको माग उच्च हुने सन्र्दभमा रगतको अभाब केही मात्रामा पनि पुर्ति गर्न सहयोग होस भन्ने अभिप्रायले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । नयाँवजार स्थिीत कलेज प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, प्राध्यापक, अभिभावक, सर्वसाधारण लगायतको बाक्लो उपस्थिती थियो । कार्यक्रममा १ सय ५० जनाले रक्तदान गरेका थिए ।
साथै कार्यक्रमलाई क्यामपसका कार्यकारी निर्देशक डा।बाबुराम अधिकारी एवं क्याम्पसका अध्यक्ष वाचस्पति देवकोटा ले सम्वोधन गदै कलेजको अगामी सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन क्यामपसका प्रशासन प्रमुख द्रोण बहादुर अधिकारीले गर्नृभयो । कार्यक्रममा सबै रक्तदाताहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रम विहान ८ वजे देखि दिउसो १२ बजे सम्म संचालन भएको थियो ।
हेरौ सहकर्मी उत्सव वाग्लेले कार्यक्रम स्थलमै गएर खिचेका रोचक तस्विरहरु ः