Logo

मेगा पब्लिक स्कुलमा गुरु पूजाको रौनक्ता , विद्यार्थीले देखाए आफ्नो प्रतिभा


कलाखबर संबाददाता,१३,साउन–काठमाण्डौँ । देश ब्यापी रुपमा गुरु पूजा चलि रहेको अवस्थामा शनिबार मेगा पब्लिक स्कुलमा भने छुट्टै रौनक्ता छाएको थियो । अभिभावक,विद्यार्थी तथा शिक्षकहरुको बाक्लो उपस्थितिमा भब्य र सभ्य रुपमा गुरु पूजा मनाएका थिए ।

पहिलो चरणको कार्यक्रममा आसनग्रहण पश्चात प्रध्यानाध्यापक अमृत भण्डारीले पानसमा दीप प्रजवलन गरि राष्ट्रीय गानबाट कार्यक्रममलाई उदघाटन गरेका थिए । उदघाटन पश्चात विद्यर्थीहरुले निकै रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुको बहु प्रतिभाले आम दर्शक तथा सञ्चारकर्मीहरुलाई समेत चकित पारेका थिए । ह्यापी टिचरस डे लेखिएको करिब १० पाउको केक प्रध्यानाध्याकले काटीरहदा पछाडीबाट विद्यार्थीहरुको एकै स्वरमा ह्यापी टिचरस् डे भनेर चर्को हुटिङ आएको थियो ।

शिक्षिकाहरुले सबै विद्यार्थीलाई केक भाँडेपछि प्रध्यानाध्यापक अमृत भण्डारीले सबै विद्यार्थीहरुलाई टिका तथा आशिर्बाद दिएका थिए । कार्यक्रमलाई रौनकता थप्न बीचबीचमा साँगीतिक प्रस्तुतिसँगै शिक्षकहरुको मन्तब्य समेत राखेका थिए ।

मन्तब्यको क्रममा अध्यक्ष दिपक भण्डारीले विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई शुभकामना समेत दिएका थिए । त्यसै गरि परापूर्वकालदेखि चलि आएको गुरु र चेला बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य स्वरुप यो गुरु पूजाको आयोजना गरिएको प्रध्यानाध्यापक अमृत भण्डारीले बताउनु भयो ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्नु भएकोभा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई समेत उहाँले धन्यबाद ज्ञापन गर्नु भयो । साना साना भाइबहिनीहरुको

नृत्य प्रस्तुत गर्ने क्रममा सात वर्षीय प्रसिन थापा मगरले चमत्कार नै देखाएका थिए । थापाको चमत्कारी नृत्यबाट सबै दर्शक नै मख्ख भएका थिए । अतिरिक्त क्रियाकलापमा अगाडी रहेका मेगा स्कुलका विद्यार्थीहरुले गीत नृत्य मात्र नभएर नाटक तथा हाँस्यब्याङग्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई बह्रु प्रतिभाशाली विद्यार्थीहरुले आर्कष ढङगले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्