Logo

साहित्य जगतमा उच्च प्रतिभा जमाउन सफल चन्द्रि मोक्तान


 

सिन्धुपाल्चोक जिल्लालाई आफ्नो जन्मथलो बनार्इं राजधानी काठमाण्डौलाई कर्मथलोको रुपमा बनाकी चन्द्रि मोक्तान साहित्य धरोहरमा उभिएकी एक बहुमुखी प्रतिभा हुन् । विशेष गरि समाज, जीवनको भोगाई अनि माया प्रेममा आधारित गजल, कविता सृजना गर्नु उनकी प्रमुख विशेषता नै हुन् । त्यही मात्र नभएर नारी अस्मिता अनि चरित्र जगतलाई समेत उजागर गर्ने स्रष्टा पनि हुन उनी । यहि सन्दर्भमा उहाँले कलाबरलाई लेखी पठाउनु भएकी केही कविता तथा गजलका केहि अंशहरु जस्ताको जस्तै प्रस्तुत गरिएको छ ।

 

आँसु हाँसो संगालेर माला गाँसु भन्यो
लेखुँ मैले कसो गरि शब्द आँसु बन्यो
त्यसैले
यो मन भित्र दुखेको जीवन टाँसेर
म हिँडे दुःख पीडा दर्दहरु गाँसेर
अब
मात लाग्ने नलाग्ने त्यो जहर पिउँछु
फाटेको मन र मुटु आँटेरै सिउँछु
तब
क्षितिजको उदगम बिन्दु उडि छुन्छु
सँच्चै यो दुनियाँमा सफल मान्छे हुन्छु।

चन्द्री मोक्तान तामाङ  खुशीू
काठमाण्डौ ,नेपाल ।

प्रतिक्रिया दिनुहोस्