Logo

रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय


 

कलाखबर संवाददाता,साउन,१०–काठमाडौं । भुम्पले तहस्नहस बनाएको रानीपोखरीलाई पूननिर्माणकाको लागी नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको छ । अघिल्लो ठेकदारले पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको कारण रानीपाखरी पुनर्निर्माणको काम रोकिएको थियो ।

अब यसलाई तीव्र रुपमा अगाडी बढाउनका लागी रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ ।

सो क्रममा छलफलपछि यो रानीपोखरी निर्माणको कामलाई नेपाली सेनालाई दिने निर्णय गरिएको हो । २०७२ को भूकम्पले पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ब्युटिफिकेसन गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरेर पुननिर्माण सुरु गरेपछि विवाद भएको थियो ।

नेपाली सेनालाई यो कामको जीम्मा जिम्मा दिदा समयमा काम सम्पन्न हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्