Logo

पत्रकार सम्मेलन मार्फत कानुनमन्त्री तामाङले गरे राजीनामाको घोषणा


 

कलाखबर संवाददाता,८,साउन,काठमाण्डौ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा को घोषणा गरेका हुन् । उनले अब केहीबेरमा नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउने जान्कारी दिए ।

बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो. शरीर सुम्पनु पर्ने आपतिजनक अभिब्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो। आलोचनासँगै दबाभ आए पछि राजिनामा दिन बाध्य भएको हो । श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा पुगेका पुगेका थिए ।

सो क्रममा मन्त्री तामाङले आफूले आजसम्म महिला अधिकारका कुरा उठाउदै आएका तर अहिले त्यही कुराले नै आफूलाई पाखा लगाएको बताए। आफूले पदभार सम्हालेपछि गरेका कामहरूबारे पत्रकार सम्मेलनको सुरूमा उनले चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए।

उनका आँखामा पिलपिल आँशु रसाउन थाले । केहीबेर उनको गला अवरूद्ध भएको थियो। दोस्रो चरणको पत्रकार सम्मेलनमा उनले राजीनामा घोषणा गरेका थिए। कुनै मिडियाले  आफूले बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएर हालेको उनले गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस्