Logo

महिला उद्यमी महासंघद्वारा पत्रकार सम्मेलन,उद्यमशील्ता विकास कोष अभिवृद्धि तथा नीतिगत कार्यक्रम्मा जोड


 

कलाखबर संवाददाता,४,साउन–काठमाडौं । महिला उद्यमी महा संघ नेपालले राजधानीको अन्नपूर्ण होटलमा बुधबार एक पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको छ । उद्यमशील्ता विकास कोष अभिबृद्धि,सम्भावना, चुनौती र नीतिगत सम्बन्धी गरिएको सो कार्यक्रम्मा सबै उद्यमशील महिलाहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सिफारिस सम्बन्धी नीतिपत्र उपत्यका बाहिरका महिला उद्यमीले उद्योगको विषयमा प्रस्तावपत्र लेख्ने सीप नहुँदा सम्बन्धित निकायबाट बजेट ल्याउन नसकेको समेत उहाँहरुको धारणा थियो । सो क्रममा महिला उद्यमी संघ धनकुटाका अध्यक्ष तारा तितुङले औपचारिक शिक्षाको कमी भएका कारण मोफसलका महिला उद्यमीले प्रस्तावनापत्र लेख्न नसकेको बताइन् ।

अध्यक्ष तितुङले महिलाहरु गृहणी भएका कारण घर व्यवस्थापन पछि मात्रै बाहिरको काममा लाग्नुपर्ने बाध्यताका कारण महिला उद्यमीहरु धेरै ठाउँमा चुक्नुपर्ने बताइन । महिलासँग विभिन्न सीप र कला भए पनि काम गर्ने उपयुक्त वातावरण नहुँदा समस्या भएको उहाँकी धारणा थियो ।

‘महिला उद्यमीसँग सीप छ, तर यसलाई पर्वधन, विकास गर्नका लागि आर्थिक पाटो कमजोर छ । आर्थिक कमजोरीका कारण ग्रामीण तहका महिला उद्यमीको उत्पादनले बजार पाउन नसकेको समेत बताईन् । ‘हामीमा प्रस्तावनापत्र लेख्ने सीप नभएका कारण केन्द्रका पदाधिकारीले कम्तीमा प्रस्तावना लेख्न सक्ने प्रशिक्षण दिनुपर्छ भन्ने धारणा समेत राखिन् ।

यसले हाम्रो दक्षता बृद्धिसँगै उद्यमको नयाँ अवधारणा बनाउन सकिन्छ । महिला उद्यमशील्ता विकास कोषले गत वर्षदेखि धनकुटाका महिला उद्यमीलाई ६ प्रतिशत ब्याजमा कर्जा दिए पनि पर्याप्त नभएको तितुङको भनाइ थियो । एक लाख कर्जाले १५ लाखको उद्योग कसरी सञ्चालन गर्ने ? उनको प्रश्न थियो ।

‘एक डेड लाख कर्जाले उद्योग सञ्चालन गर्न सम्भव नहुने समेत उहाँले बताइन् । महिला उद्यमी महाँसंघ नेपालले ‘सरकारले सातै प्रदेशको महिला उद्यमीको आर्थिक स्तरोन्नतिका लागि कम्तीमा १५ लाख रुपैयाँ कर्जा दिने व्यवस्था तय गर्नुपर्छ भन्ने धारणा समेत राखेका थिए । तब मात्रै आर्थिक सम्मृद्धि र सुखी नेपाल बन्न सक्ने समेत बताए ।

देश संघीयतामा गइरहेको बेला महिला उद्यमीबाटै देशको आर्थिक समृद्धि हुन सक्ने महिला उद्यमी संघ इलामकी सुशीला साप्कोटाले बताइन् । ‘गाउँ र सहरको उद्योगको फरक–फरक समस्या छ । तर, गाउँको सामान सहरसम्म पुग्नु महिला उद्यमशीलताको पर्वधन हो,’ उनले भनिन्, ‘महिला उद्यमीको स्वदेशी उत्पादनलाई बजारीकरण गर्न प्रदर्शनी स्थलको अभाव छ ।

यो सातै प्रदेशमा व्यवस्थापन गर्नुपर्छ । यसले महिला उद्यमीलाई बजारीकरण गर्छ । कार्यक्रममा महिला उद्यमी महासंघका महा–सचीव दर्शना श्रेष्ठले महिला उद्यमशीलता विकास कोषमा १५ करोड ७० लाख रुपैयाँ रहेको जानकारी दिइन् । आर्थिक वर्ष ०७३(७४ मा कोषबाट ४६ जिल्लाका सात ६५ महिला उद्यममीलाई ११ करोड ५६ लाख ५५ हजार रुपैयाँ कर्जा दिएको उनले बताइन्।
अहिलेको कोषको सीमा एक लाखदेखि पाँच लाखसम्मलाई बढाएर १० देखि २५ लाखसम्म पुर्याउनुपर्ने हाम्रो माग हो उहाले भनिन् । उद्यमीले व्यवसायलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि उक्त रकम आवश्यक रहेको समेत उहाँले प्रस्ट पारिन् । ‘उद्योगको कच्चा पदार्थ खरिद गर्न, नयाँ प्रविधिमा लगानी गर्न र व्यापार विस्तारसँगै रोजगारी सिर्जना गर्नुपर्छ । यो आवाज सरकारसँग उठाउँदै आएको समेत श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्