Logo

महाकुलुङ गाउँपालीकामा मानव निर्मित तालको सिलान्यास सम्पन्न


 

राजकुमार राई,३,साउन–सोलुखुम्बु । पर्यटकको उदगम थलो सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउपालिका बडा नम्बर २ मा मानव निर्मित ताल बन्ने भएको छ । सो तालको सिलान्यास बुधबार गाउँपालिका प्रमुख सागर किराँतीले गर्नु भएको थियो । गाई वस्तु चराउने चरण क्षेत्रको रुपमा रहेको पाखामा प्राकृतिक रुपमा सेप्रो देप्रो हिमालबाट बगेर आएको पानीलाई सुन्दर तालमा परिणत गर्ने भएको छ ।

 

महाकुलुङ गाउँपालीकालाई एक पर्यटकीय क्षेत्र बनाई, पर्यटकलाई लोभ्याउने उद्देश्यले यो तालको निमार्ण गर्न लागिएको हो । साविक नं छेस्काम ७ स्थित फुल्वात्ती खोलामा निर्मित ताललाई बाहै महिना प्रयोग गर्न सकिने स्थानिय बासिन्दाहररु बताउछन् । त्यही पानीको प्रयोगबाट ४७ किलोबाट क्र्षेमताको विद्युत उत्पादन समेत गरी छेस्कामका ८५० घरधुरीले प्रयोग गर्दै आईरहेका छन् ।

महाकुलुङको केन्द्र विन्दु भएर सगरमातथा क्षेत्रबाहेक मेरापिक, पाँचपोखरी, केन्पा तथा अरुण उपत्यका लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुले सोही पदमार्ग प्रयोग गर्न सक्छन् । यो ताल निर्माणले पदमार्गको प्रचार प्रचार मात्र नभएर आर्थिक विकासका लागी समेत ठुलो टेवा पुर्याउनेमा स्थानीय वासिन्दा धुक्क छन् ।

यसै क्रम्मा यो ताल निर्माणका लागी सोलुखुम्बुका प्रदेश नम्बर क का सांसद उतम कुमार बस्नेतले यसै आर्थिक बर्षमा २ लाख र आउदो आर्थिक बर्षमा २० लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको चत्तुर कुलुङले कलाखबरलाई बताए । साथै गाउँपालिका प्रमुख सागर किराँतीले पनि आ।ब।२०७५र०७६ मा बजेट बिनियोजन गरि कामलाई तीव्रता दिनु पर्ने बताउनु भयो ।

महाकुलुङ ताललाइै यथाशीघ्र संचालन गर्नको लागि महाकुलुङ गाउँपालिका प्रशासकिय अधिकृत लबुन राइले रु ५००० र महाकुलुङ गाउँपालिका वडा न २ का सचिव श्री हरि आचार्यले रु ५००० सहयोग गरेका छन् । पहिलो चरणको सम्भाव्यता तथा अध्ययन पछि मात्र नेपाल सरकारबाट बजेट निकासा गरिने भएको छ । तीन बर्ष भित्र यो योजना सकाएर परिचानमा ल्याई सक्नु पर्ने निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्