Logo

पुनम पाण्डेलाई अर्धनग्न नचाउन प्रहरीको रोक, डेजाभु क्लव सधैंका लागी बन्द गरिदिने चेतावनी


 

कलाखबर संवादाता,३१,असार–काठमाडौं । प्रशासनको अनुमति नै नलिएर बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना प्रहरीले विफल बनाइदिएको छ ।

प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका थिए । क्लव डेजाभुको यो हर्कतविरुद्ध दरवारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले एक्सन लिएका हुन् ।

क्लव डेजाभुले पूर्वस्वीकृति बिना भारतीय मोडल पुनम पाण्डेको अर्धनग्न नाच सहित विश्वकप फुटबल खेल देखाउने योजना बनाएका थिए । त्यो समाचार बाहिर मिडियामा आए पछि डिएसपी मल्लले क्लव डेजाभुविरुद्ध कारबाही अगाडी बढाएका हुन् । प्रहरीले एक्सन लिएपछि क्लव डेजाभुका मालिकहरू भागाभाग भएका छन् । सबै मालिकहरू लुकेर बसेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गर्न प्रहरीले तीव्र खोजी गरिरहेको बताईएको छ । बलिउड नायिका एवम् मोडल पुनम पाण्डे जबर्जस्ति क्लव डेजाभुमा प्रवेश गर्न खोजे उनलाई समेत नियन्त्रणमा लिने प्रहरीको उच्च स्रोतले जनाएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लव डेजाभुका सञ्चालक केपी गैरेले प्रहरीसँग अनुमति लिएर कार्यक्रम गर्न लागेको दाबी गरेका थिए । तर प्रहरी अधिकृत मल्लले केपी गैरे भन्ने व्यक्तिलाई आफूले नचिनेको र क्लव डेजाभुलाई आफूले कुनै पनि अनुमति नदिएको प्रतिक्रिया दिएका छन् ।

डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिएर पुनम पाण्डेलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । क्लव डेजाभु आइतबार बन्द नै रहनेछ ।

क्लव डेजाभुका गतिविधिमा सुधार नभए सदाका लागि बन्द गरिदिने डिएसपी मल्लले चेतावनी दिएका छन् । ‘कानून मिचेर कुनै पनि क्रियाकलाप गर्न पाइँदैन’, मल्लले भने, ‘शान्ति सुरक्षा बनाइ राख्ने दायित्व प्रहरीको हो । कानून पालना गराउने दायित्व पनि हाम्रो हो ।’

‘क्लव डेजाभुले कानून मिचेर गतिविधि गरेकाले बाध्य भएर कारबाही गर्नु परेको डिएसपी मल्लले बताए ।  अघिल्लो पटक पनि त्यति ठूलो विवाद भएको थियो । आइन्दा त्यस्ता घटना हुन नदिन पूर्व सर्तकता समेत गराएको थियो ।

डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हाल्ने बताएका छन् । क्लव डेजाभुमा प्रहरीले कसैलाई पनि प्रवेश गर्न नदिने भएको छ ।

गत मंसिर २७ गते अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनेर क्लव डेजाभुले लाखौँको टिकट बिक्री गरेर अन्तिममा ठगी गरेको थियो ।

त्यसपछि आक्रोशित भएका दर्शकले क्लव डेजाभुमा तोडफोड गरेका थिए । त्यस बेला दरबारमार्ग प्रहरीमा डिएसपी तिलक भारती थिए । पछि डिएसपी भारतीलाई कारबाही स्वरुप सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्