एलिसा र मुस्कानले गरे अक्षयकोष स्थापना

कलेस्ती, असार २८- स्वर्गिय पिता केशव थापाको स्मृतिमा बेल्जियम रहेका एलिसा थापा र मुस्कान थापाले क्यामिन माध्यामिक विद्यालय, कलेस्तीमा १ लाख रकमको अक्षयकोष स्थापना गरेका छन् ।
पिताको नाममा स्थापित “केशव थापा स्मृति छात्रबृति अक्षयकोष” बाट प्राप्त हुने व्याजले क्यामिन माध्यामिक बिद्यालयमा अध्ययन गर्ने असाह्य, टुहुरा र गरिब तथा जेहेन्दार बिद्यार्थीको पठन पाठनमा सहयोग पुग्ने एलिसा थापाले बताइन् । यस्तो सहयोगले शैक्षिक रुपान्तणमा टेवा पुग्ने उनको भनाई छ । यसरी सहयोग गर्न पाउदाँ आफहरु निकै खुसी भएको उनीहरुको भनाई छ । आउदाँ दिनहरुमा समाजका अन्य क्षेत्रमा पनि सहयोग गर्न इच्छा रहेको एलिसाले जानकारी दिइन् ।
आर्थिक अभावका कारण कुनै पनि गरिब र जेहेन्दार बिद्यार्थीहरु शिक्षाको उज्यालोबाट बन्चित हुन नपरोस् भनी यो सानो सहयोग गरेको अर्की छोरी मुस्कान थापाले बताइन् । क्यामिन माध्यामिक विद्यालय प्राङगणमा आयोजीत कार्यक्रममा अक्षय कोषको रकम स्वर्गिय केशव थापाकी ममतामयी माता दमन्त थापाले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र वाग्ले र सोहि बिद्यालयका प्रधानाध्यापक कृष्ण हरी गैरेलाई हस्तान्तरण गर्नुभएको थियो ।