Logo

गायक अजय कुलुङको सानीवा एल्बममा साभार कुलुङ भाषिक गीतको भिडियो सार्बजनि हुँदै


 

कलाखबर संवाददाता, २३,असार–काठमान्डौं । कवि, गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले आफ्नो सानीवा एल्बममा रहेको किराँती कुलुङ भाषाको गीतको म्यूजिक भिडियो सार्बजनिक गर्ने भएको छ । ९सानीवा खाप्चाये मीक्वा हुप्स्चाये० नामक बोलको म्युजिक भिडियो विशेष कार्यक्रमको बीच सार्बजनिक गर्ने भइको छ ।

७७ बर्षिया आफ्नै आमा फैलिमाया कुलुङको हातबाट कुलु गुस्खमको कार्यालय सरस्वतीनगर, काठमाडौंमा सार्बजनिक गर्ने गायक कुलुङले बताउनु भयो । विभिन्न साहित्य सृजनामा समेत कलम चलाएका श्रष्टा कुलुङले यस गीतलाई २०७१ सालमै आफ्नो सानीवा एल्बममा मार्फत पाँचौ कोशेलीको रुपमा बजारमा ल्याईसकेका थिए ।

आफ्नो मातृीभाषाको गीत भए पनि आफ्नो समुदायले कुलुङलाई खासै सहयोग भने गरेको छैन । अरु समुदायले भिडियो नगर्ने भएकाले आफैले नै सबै आर्थिक ब्यवस्था गर्नु पर्दा भिडियो ल्याउन ढिलो भएको बताउनु भयो । यस गीतमा शब्दरसङ्गीत अजय अलङकार कुलुङ स्वयंको रहेको छ भने पबिधन खालिङले एरेन्ज गर्नु भएको छ ।

र,आभा मुकारुङको स्वर रहेको यस गीतमा रिना लिम्बू ,सृजन कुलुङ, फैलीमाया कुलुङ ९अजयको आमा० र, अजय अलङकार स्वयंकै फिचरिङ रहेको छ । यस गीतको छायांकन दिपक चाम्लिङले गर्नु भएको छ भने सम्पादन सृजन कुलुङले गर्नु भएको छ । र, भिडियोका निर्देशन अजय अलङकार र दिपक चाम्लिङ दुवै जनाले गर्नु भएको छ ।

सो म्युजिक भिडियो महाकुलुङ टेलिभिजन परिवरले बजारमा ल्याएको हो । अङ्ग्रेजीमा समेत रेहेको यो भिडियो निकै नै सोचेभन्दा राम्रो भएको अजय अलङकारको दाबी रहेको छ भने जुन भिडियो आफ्नै आमाको हातबाट सार्बजनिक गर्न पाउदा आफुले आफुलाई भाग्यमानी भएको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्