Logo

गायीका तथा सांसद कोमल वलीको तीज गीत सार्बजनिक


 

कलाखबर संवाददाता ,२१,असार– काठमाडौं । पूर्व सञ्चारकर्मी तथा गायीका कोमल वलीको भर्खरै मात्र तीजको गीत सार्बजनिक भएको छ । हाल उनी राष्ट्रिय सभा सदस्य समेत हुनु भएको छ । बहिनी प्रज्ञा शरद वली र कोमल वलीले संयुक्त रुपमा ‘आउ दिदी बहिनी हो गरौं रमाइलो’ बोलको गीतमा स्वर लहरी भरेका छन् ।

एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा वलीका दुई दिदी बहिनीका साथै रवीन्द्र खड्का शरद चौलागाईं फिचर्ड छन् । नेपाली मौलिक लयमा तयार पारिएको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् ।

गीतले वर्षमा एक पटक आउने तिजमा सबै परिवार एकै ठाउँमा भेला भएर रमाएइलो गर्दै तीज मनाउने संस्कृतिलाई उठाउन खोजेको छ । वलीले हरेक वर्ष तीजमा गीत सार्वजनिक गर्दै आएकी छन् । लोक गायनमा आफूलाई स्थापित गरेकी वली अहिले राजनीतिमा सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्