चलचित्र ‘कान्छी’ को प्रदर्शन जापानमा प्रदर्शन

कलाखबर संवाददाता, २१,असार– काठमाडौं । स्वेता खडकाले निमार्ण तथा अभिनय गरेको चलचित्र कान्छी जापानमा समेत शो भएको छ । गतबर्ष नै रिलिज भएको त्यो चलचित्र मुस्किलले लगानी उठाउन सफल भएको थियो । केही दिन पहिले टोकियोस्थित नाकानो जेरो सिटी हलमा चलचित्रको विशेष प्रदर्शन गरिएको निर्देशक आकाश अधिकारीले जानकारी दिए ।
अधिकारी चलचित्र प्रदर्शनका लागि अहिले जापान पुगेका छन् । नेपाल जापान विजनेश काउन्सिल, द स्काइ मूभिज प्रा।लि। र साईनो इन्टरटेन्टमेन्टको संयूक्त आयोजनामा जापानबाट पनि नेपालमा पर्यटन बिस्तार गर्ने उदेश्यले चलचित्रको जापानमा शो गरिएको निर्देशक अधिकारीले बताए ।
कार्यक्रममा निर्देशक अधिकारी सम्मानित समेत भएका थिए । ‘कान्छी’लाई जापान निवासी नेपालीले उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया दिएको अधिकारीको भनाई रहेको छ ।
आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र अभिनेत्री श्वेता खड्का मुख्य भुमिकामा रहेका छन् । चलचित्र अभिनेत्री स्वेता खड्काले नै निर्माण गरेकी हुन् ।