Logo

छैठौं राष्ट्रिय लोक दोहोरी गीत अवार्ड पत्रकार सम्मेलन मार्फत घोषना , अवार्ड असोजमा हुदै


 

 

कलाखबर संवाददाता १३,असार – काठमाडौं । केही बर्षदेखि नियमित आयोजना हुँदै आएको लोकदोहोरी अवार्डले यो बर्ष पनि निरन्तरता दिने भएको छ । लोकदोहोरी कलाकार र श्रृजनालाई लक्षित गर्दै यो अवार्ड आयोजना हुँदै आएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा आउँदो असोजमा सम्पन्न हुने यस ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५’ का लागी आवेदन फारम खुल्ला गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले अवार्डको विषयमा जानकारी समेत गराएको छ ।

राजधानीका विभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति,काठमाडौंका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए । पछिल्लो समय विभिन्न अवार्डहरुको आयोजना हुँदै गर्दा लोक तथा दोहोरी गीतको विधामा काम गर्दै आएका कलाकारहरुका लागी यो अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाको भनाई रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड किनबेच नहुने बताए । ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौं र सरोकार पनि राख्दैनौं तर यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला, अवार्ड नै बहिष्कार गर्नेछौं’, पंगेनीले भने । अवार्ड बिगत ६ बर्षदेखि आयोजना हुँदै आएको छ ।

अवार्डमा ५ वटा सम्मानका विधासहित २१ विधालाई समावेश गरिनेछ लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा विगत २०६९ सालबाट अवार्ड आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्