गीतकार तथा गायक मोहन थापाको “मायाले बोलायो”, चर्चामा ( भिडियो सहित )

छिरिङ्ग शेर्पा , कलाखबर । “माया” शब्द नै कति गहन छ । भनिन्छ नि – सागर भन्दा गहिरो अनि आकाश भन्दा
फराकिलो । सोचेर नसकिने अनि सोचेर नलाईने, आफै हुने यो कस्तो माया ? चर्चित गीतकार तथा गायक मोहन
थापाको सुन्दर शब्द संयोजन तथा सुमधुर आवाजमा यस्तै यस्तै भाव समेटिएको भर्खरै बजारमा आएको “मायाले
बोलायो” गीत अहिले चर्चामा आएको छ । आजकलका युवा जमातले निकै रुचाएको यस गीतका संगीतकार पनि
गायक थापा आफै हुन् ।
मायामा डुबेका मायालु जोडीको जिवन्त कथालाई रचनाकार थापाले जसरी शब्द तथा संगीत भरेका छन् त्यसरी नै यस
गीतको भिडियोमा मनमोहक प्राकृतिक पृष्ठभूमिमा कलाकार नमिता राई , कर्मा शेर्पा , सुरज गुरुङ, रविलाल
भट्टराईहरुले आकर्षक अभिनय गरेका छन् जसलाई रबिन्द्र बरालले क्यामरामा कैद गरेका हुन् भनेअमृत चापागाईले
यस गीतको भिडियो सम्पादन गरेका छन् ।
चर्चामा रहन सफल यस गीत बिजु कर्माचार्यको संयोजन र मिश्रणमा तयार भएको हो । यसको म्युजिक भिडियोलाई
कुशल रुपमा निर्देशन गरि नायक कलाकार कर्मा शेर्पाले आफ्नो निर्देशन क्षमता प्रस्तुत गर्दै निर्देशकको रुपमा आफ्नो
थप परिचय दिएका छन् ।