Logo

तेरियाले भनिन फिल्म खेल्ने तयारीमा छैन,


 

 

 

कलाखबर संवददाता, ६ असार काठमाण्डौ चरचित तेरिया मगरले आफूले चलचित्र खेल्ने बिषयमा आइरहेको खबर झुटो भएको बताएकी छिन् । भारतका २ वटा चर्चित रियालिटी शो जितेपछि चर्चामा आएकी तेरियाले मगरले आफ्नो आधिकारिक फेसबुक मार्फत आजसम्म कुनै पनि चलचित्रमा साइन नगरेको स्पष्ट पारेकी छिन् ।

तेरियाले चलचित्र खेल्ने कुरालाई निर्देशक कालुले पनि पक्का भनेका थिए । तर, तेरियाले स्टाटस लेख्दै चलचित्र खेल्ने कुरा झुटो बताएकी छिन् । तेरियाको डान्स गुरु सुजन विश्वकर्माको पहलमा उनले ‘मायाको मोल’ नामक चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको थियो ।

उनले स्टाटसमा लेखेकी छिन्–‘म आजको दिनसम्म कुनै पनि चलचित्रका लागि अनुवन्धित भएको छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन । तेरियाले झुटो समाचारले आफ्ना शुभचिन्तकहरुमा पलाएको उत्साह र निराशाप्रति क्षमा समेत मागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्