Logo

राष्ट्रपतिले इदमा शुभकामना दिए


 

 

लक्ष्मी श्रेष्ठ, २ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गनु भएको छ ।

भण्डारीले रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुशी साटासाट गरी मनाइने इदुल फित्र पर्वको विशेष महत्त्व रहेको छ ।दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यस महत्वपूर्ण चाडले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् उन्नती र प्रगति सबै मा मिलोस, सन्देशमा भनिएको छ ।

विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुल फित्र पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्