डा शेखर समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुखः
लक्ष्मी श्रेष्ठ, ३० जेठ, काठमाणै नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ ।
डा। कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको हो ।