कलाकार थापा अल विदा, आज आर्यघटमा दाहासंस्कार हुँदै
कलाखबर संवाददाता,३०,जेठ–काठमाण्डौ । कथा चरित्र अभियन्ता, परिचित वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। थापाको बुधबार बिहान २ बजे ९२ वर्षको उमेरमा निधन भएको थियो । थापा अभिनयमा निकै सिपालु थिए ।
थापासँग नेपाल टेलिभिजनबाट एक समय प्रसारण हुने लोकप्रिय टेलिश्रृखंला देवीमा उनको छोरी बनेर अभिनय गरेको दिपाश्री निरौलाले बताइन् ।
त्योसँगै उनले तीतो सत्यु मा समेत दीपाको बाबुु बनेर अभिनय गर्ने गर्थे। दीपासँगै उनी सोही टेलिश्रृखंलाबाट मुखिया बा का रूपमा दर्शकमाझ परिचित बनेका थिए। उनी निरौलाका धर्म बा समेत थिए। थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो। रोगका कारण थलिएका थापा केही समययता अभिनयमा कम सक्रिय थिए।
उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिनेछ।उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १० बजेदेखि १२ बजेसम्म आर्यघाटमा राखिने जानकारी दीपाश्रीले दिएकी छन्। आर्यघटामा उनलाई सेनाले अन्तिम सलामी दिनेछ। पोखरामा ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि काठमाडौं आउँदैछिन्।
थापा एक समय हिट्स एफएममा चर्चित आरजे समेत रेहेका प्रकाश थापाका पिता हुन्। थापाका प्रकाशसँगै दुई छोरीहरू रहेका छन्। उनी नेपाली सेनाका अवकाश प्राप्त सेनानी समेत हुन्।पछिल्लो समय थापा निरौलाले निर्देशन गरेको ुछक्का पञ्जा २ मा सानो भूमिकामा देखिएका थिए।
संयोग नै मान्नुपर्छ, उनको जीवनको अन्त्य उनले सो फिल्ममा निर्वाह गरेको भूमिका जस्तै बन्न पुगेको छ।सो फिल्ममा विदेश गएका छोराको पर्खाइमा रहँदा रहँदै मृत्युवरण गर्न पुग्छन्। वास्तविक जीवनमा पनि उनको काजकिरियाका लागि अमेरिकामा रहेका उनका एक मात्र छोरा नेपाल आउन नपाउने भएका हुन्।