Logo

९ दिनदेखि अन्धकारमा ताप्लेजुङको फुङलिङ वासी


 

लक्ष्मि  श्रेष्ठ २९ जेठ २०७५ काठमाण्डौ

 

लक्ष्मी श्रेष्ठ,२९,जेठ–काठमाण्डौ । विधुतिया सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ दिनदेखि अन्धकारमय बनेको छ । फुङलि नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ साविकको हाङ्देवा र फुरुम्बु गाविस० अन्धकारमय बनेको छ । गएको जेठ २० गतेदेखि टर्वाइनमा आएको खराबीका कारण विद्युत्सेवा बन्द भएको आयोजनाले जनाएको छ ।

लामो समयसम्म विद्युत् सेवा बन्द हुँदा स्थानीय जनताहरु अन्धकारमा बस्न बाध्य छन् । विद्युत् नहुँदा मट्टितेलको भरमा रहनु परेको स्थानीय विष्णुप्रसाद पोखरेलले बताए ।यहाँ महिनामा बल्लतल्ल बीस दिन बत्ती बल्थ्यो तर अहिले पूरै बन्द हुँदा समस्या भएको पोखरेलको भनाइ छ ।आयोजनाको व्यवस्थापनमा हेलचेक्राइँ हुने गरेकाले लामो समयसम्म विद्युत् अवरोध हुँदै आएको स्थानीयको आरोप छ । हाल बिग्रिएको टर्वाइन मर्मतका लागि अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ ।

उक्त आयोजनाले ल्याब टेष्ट नगरेका र कमसल प्रकारका मिटरबक्स जडान गरेकाले उपभोक्ताहरु समस्यामा परेको जनाइएको छ ।सामान्य बत्ती बाल्दा पनि धेरै महशुल देखिने, मिटर बक्सबाट ठूलो आवाज आउनेजस्ता समस्या देखिएको स्थानीय घनेन्द्र गुरुङको भनाई छ ।उनका अनुसार आयोजना निर्माणका समयमा भएको इस्टमेटअनुसारका सामान नल्याइएको र कमसल प्रकारका सामान जडान गरिएकाले समेत समस्या भएको हो ।

९५ किलोवाट क्षमताको उक्त आयोजनाबाट ९४५ घरपरिवारले विद्युत् उपभोग गर्दै आएको बताइएको छ ।विभिन्न ठाउँमा अर्थिङ जडानका लागि उपभोक्तासँग आयोजनाले पैसा उठाएको तर हालसम्म पनि अर्थिङ जडान नहुँदा आफूहरु त्रासमा परेको स्थानीयले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्