Logo

राजेश हमालले जन्म दिनको अबसरमा साइन गरे नयाँ फिल्म


 

 

 

लक्ष्मी श्रेष्ठ,२९,जेठ–काठमाण्डौ । चलचित्र ‘शकुन्तला’ पछि अब नायक राजेश हमाल निर्देशक दिनेश श्रेष्ठको नयाँ चलचित्रमा देख्न सकिने भएको छ । आफ्नो जन्मदिनको अवसरमा नायक हमालले नयाँ चलचित्रमा काम गर्ने संझौता गर्नु भएको हो । हमालले भने, केही समय ग्याप लिएर नयाँ चलचित्रमा काम गर्ने तयारी गरेको बताएका छन् ।

ऊहाँ आफैले नयाँ चलचित्र निर्देशन गर्ने खबर समेत सार्वजनिक भएको थियो । तर, दिनेशको निर्देशनमा रहने नयाँ चलचित्रमा काम गर्न तयार भएको उहाँले बताउनु भयो ।निर्देशक दिनेश श्रेष्ठ र निर्माता शिवराज कार्कीले नायक राजेश हमालको घरमै केक काट्दै ऊहाँलाई नयाँ चलचित्रमा अफर गरेका हुन् ।

महंगो बजेटमा बन्ने चलचित्रमा ४ जना नायिका हुने र अहिले नायिकाको खोजी भैरहेको समेत निर्माताले जानकारी दिए । चलचित्रमा नायक राजेश हमाललाई रोमान्टिक भूमिकामा देख्न सकिनेछ ।चलचित्रको छायांकन तिहारपछि गर्ने दिनेशले बताएका छन् । हमालले विगत ७ महिनादेखि यो चलचित्रको कथा पढिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्