Logo

‘हैट’ को दुई चलचित्र एकै साथ प्रदर्शनमा आउदै


कलाखबर संवाददाता,२५,जेठ– काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट कलाकार बुद्धि तामाङको दुई चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘चंगा’ र ‘मट्टीमाला’ यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । हाँस्यकलाकार किशोर भण्डारी ९डिट्ठा साब०को निर्देशन रहेको ‘चंगा’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो ।

बुद्धीकाअलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । पारिवारिक तथा सामाजिक कथा समेत समेतिएको चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् ।

पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार–चढाव ‘चंगा’ले प्रतिकात्मक रुपमा देखाउन खोजेको निर्देशक भण्डरीले बताए । ‘हैट’ उपनामबाट चिनिने कलाकार बुद्धीको‘चंगा’ अहिलेसम्मकै राम्रो अभिनय रहेको बताइएको छ ।रविन आचार्यको छायाँकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको ‘चंगा’को कार्यकारी निर्माता प्रकु पाण्डे र निर्मात्रा रेश्मा तिमल्सिना रहेकी छन् ।

त्यस्तै गरी टेक पौरखी राईले निर्देशन गरेको अर्को चलचित्र ‘मट्टीमाला’ मा बुद्धी तामाङ ‘हैट’ र रजनी गुरुङको मुख्य भूमिका रहेको छ । गाउँ र शहरको जीवनयापनमा आउँने फरक पनलाई देखाउन खोजेको यो चलचित्रमा बुद्धी र रजनीको साथमा चिरन राई, शिशिर राणा, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्