मुटुभित्र देउन मलाई बास बोलको गीत भोली शुक्रबार सार्बजनिक हुँदै

कलाखबर सबाददाता,१७,जेठ–काठमाण्डौ । छोटो समयमा निकै राम्रो चर्चा कमाउन सफल मोडल तथा कलाकार टंक राज कुलुङको मुटुभित्र देउन मलाई बास बोलको गीत शुक्रबार हाईलाईटस् नेपालको च्यानलबाट सार्बनिक हुने भएको छ । सो भिडियो नेपाल भरको सबै टेलिभिजनहरुमा समेत प्रशारण हुने जानकारी कुलुङले दिनु भयो ।
यो गीत गायक कन्काइष्ट राईको बिरासत–२ एल्वम बाट लिएको हो । सो सुमधुर गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार बेनिषा हमाल र टंक राज कुलुङको निकै रमाईलो अभिनय देख्न सकिन्छ । यो भिडियोमा युगल जोडीबिचको एक आपसीको खुशी र माया प्रेम प्रशंगलाई समेटिएको छ ।
राजुबाबु श्रेष्ठको शब्द रचना, राजन राज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीको रहेको गीतमा कन्काइष्ट राईले स्वर भरेका छन् । उक्त भिडियोमा संगीता गुरुङको शृङगार, बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेका छन् ।
मुटुभित्र देउन मलाई बास बोल गीतको भिडियोलाई अहिलेको निकै चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।