चलचित्र ‘एक्स्ट्रा माया’ को पहिलो लुक्स सार्वजनिक

कलाखबर संवाददाता,१५, जेठ– काठमाडौ । चलचित्र ‘एक्स्ट्रा माया’ को पहिलो लुक्स सार्वजनिक भएको छ । असार ८ गते प्रदर्शनको मिति तय भएको चलचित्रको पहिलो लुक्स आज सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गरिएको लुक्समा कलाकारलाई सस्पेनमा देखाइएको छ ।
यस अघि जेठ २५ गते प्रदर्शनमा आउने भनिएपछि चलचित्रको केही प्राविधिक काम नसकिएका कारण असार ८ गतेलाई सारिएको हो । चलचित्र ‘एक्स्ट्रा माया’ नयाँ विषयबस्तु प्रस्तुत गरिएको लव तथा कमेडी जनरामा निर्माण गरिएको छ ।
यस चलचित्रलाई कमल फुयाँल र कमल केआरले निर्माण गरेका हुन चलचित्रमा पछिल्लो समय युवायुवतीहरुले प्रेमलाई कुन रुपमा लिएका छन र कसरी प्रेम गरिरहेका छन भन्ने विषयबस्तुमा चलचित्र आधारित रहेको निर्देशक सोम कुस्कुमाझीले बताए ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा देखिएको विकृती र विसंगती अनि सामाजिक सञ्जालको दुरुपयोग कसरी भइरहेको छ भन्ने चलचित्रको विषयबस्तु रहेको छ । यस चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँपन ल्याउन खोजेको छ ।
जसका कारण नेपाली समुदायमा हुने विभिन्न खाले घटनाको बास्तविक रुप उतार्न खोजिएको छ । अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा चलचित्रको निर्माण गरिएको हो । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन ।
चलचित्रमा अर्जुन खडका, सनी सुनवार, सुस्मिता बुर्लाकोटी, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ ।
दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ । राम्रो मेहनत र रियालिटी बेशमा चलचित्र निर्माण भएको
कारण चलचित्रले युवा पुस्ताहरुको मन जित्नेमा निर्माण पक्ष आशाबादी देखिन्छन ।चलचित्रको प्रोमो केही दिनमा सार्वजनिक गर्न तयारी भइरहेको निर्देशक सोम कुस्कुमाझीले अखबारअनलाइनलाई बताए ।