Logo

प्राङगारीक मलको प्रयोग र अर्गानिक कृषिमा अग्रसर हुन कृषकलाई आग्रह


 

कलाखबर संवाददाता,५,जेष्ठ–काठमाण्डौ । आज रिसव एग्रोभेट र नेशनल बायोटेक प्रा.ली. को संयुक्त आयोजनामा कृषि सम्बन्धि जान्कारी तथा मलको प्रयोगको बारेमा कार्यक्रमको आयोजना गएिको छ । एक कुसल व्यावसायी तथा मोडल गोकुल रोक्काको सभा अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम मानान्धर प्रमुख अतिथिको रुपमा रहेका थिए ।

सुन्दरीजलको ओख्रेनी मा.बी. मा आयोजित सो कार्यक्रममा करिब एक सय जना कृर्षकहरुले सहभागिता जनाएका थिए । अर्गानिक कृषि र प्राङगारिक मलको प्रयोगले मानव स्वास्थ्यमा पु¥याएको फाईदा आम जनमानसमा जानकारी दिने उद्देश्यले यो कार्यंक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरुले समेत आफ्नो धारणा राखेका` थिए । डाँडापाखा तथा खाली जग्गामा कागती खेती गर्दा राम्रो आम्दानी लिन सकिने प्रमुख अतिथि राम मानान्धरले बताउन भयो । सबै किसानहरुले प्राङगारिक मलको प्रयोग र अर्गानिक कृषि अपनाउनु पर्ने उहाँको धारणा थियो ।

यसका लागी आफुले पनि सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । करिब २० बर्ष देखि एग्रोभेट सञ्चालन गर्दै आउनु भएका ब्यावसायी गोकुल रोक्काले पूर्ण रुपमा नै प्राङगारीक मलको प्रयोग गर्नु पर्ने बताउनु भयो । युरिया र गेडा मलमा भएको लगानी सबै प्राङगारीक मलको लागी गर्नु पर्नुपर्ने धारणा उहाँले राख्नु भयो ।

यसमा सरकारले पनि किसानलाई प्रोत्साहन गर्नु पर्ने रोक्काको भनाई थियो । उहाँको भनाईलाई उधृत गर्दै प्राङगारीक मलको प्रयोगले माटोको उर्वरा शक्ति खपत भई कृषिमा लामो समय फाईदा लिन सकिने सञ्चारकर्मी असिम सापकोटाले बताउनु भयो । आगामी दिनमा समेत विशेसज्ञ सहितको यसतो जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने धारणा उहाँले राख्नु भयो ।

सहभागी सबै किसानहरुलाई प्रति व्यक्ति एक÷एक प्याकेट मल समेत वितरण गरिएको थियो । कार्यक्रमलाई सञ्चाकर्मी अशिम सापकोटाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्