Logo

२५ लाख खर्चेर करिश्मलाई नेपाल ल्याइयो


कलाखबर संवाददाता,२४, बैशाख–काठमाण्डौ । बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमवार बिहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।उनले दिउँसो राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड सयपत्री ज्वेलर्सको उद्घाटन गर्दैछन् ।

उनी यसैका लागि मुम्बईबाट नेपाल आएकी हुन् । अभिनेत्री करिश्मा यसअघि पनि एक पटक नेपाल आएकी थिइन् ।
सोमवार साँझ स्वदेश फर्किन लागेकी उनलाई नेपाली २५ लाख रुपैयाँमा नेपाल ल्याइएको बुझिएको छ ।

उनी बलिउड अभिनेत्री करीना कपूरकी दिदी हुन् ।‘राजा हिन्दुस्तानी ‘दिल तो पागल है’ ‘बिबी नं १’ लगायत चर्चित फिल्ममा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्