Logo

‘डमरु डण्डीबियो’ को सुखद ओपनिङ, हलमा देखियो ,सेल्फी हान्नेको भिड ( फोटोफिचर सहित )


कलाखबर संवाददाता,२३,बैशाख– काठमाण्डौ । शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता तथा लेखक खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार ५० प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार ८० को आसपास रह्यो ।

वितरक गोविन्द शाहीले शुक्रवार ठिकठाक रहेपनि शनिवार बिहान ११ बजेदेखि देशभरका सिंगल र मल्टिप्लेक्स ुस्कृनु हाउसफुल रहेको जानकारी दिए । उनी भन्छन्, ुबन्दको हल्लाका कारण अपेक्षा अनुसार दर्शकहरु हलसम्म पुगेका छैनन् । तर, शनिवार दिउँसोबाट भने हलमा दर्शकको उपस्थिति राम्रो छ ।ु

शनिवार दिउँसो राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा दर्शक भरिभराउ देखिएका छन् । कुमारी, बिग मुभिज, एफक्युब, सिने डी सेफ, बिएसआर, क्युज सिनेमाजलगायतका मल्टिप्लेक्समा पनि शनिवार फिल्मको अधिकांश शो हाउसफुल रहे ।

काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो छ । समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

शनिवार दिउँसो ४ बजे गोपीकृष्ण हल पुग्दा फिल्मका दुई लिड कलाकार खगेन्द्र लामिछाने र अनुप बरालसँग सेल्फी खिच्ने दर्शकको भीड सम्हाल्न निर्माण टिमलाई हम्मे(हम्मे परेको थियो । गोपीकृष्णको कृष्ण हलमा लागेको ‘डमरुको डण्डीबियो’ दिउँसो हाउसफुल थियो ।

यस्तै, साँझ साढे ६ बजे जय नेपाल हलमा पनि खगेन्द्र र अनुपले दर्शक प्रतिक्रिया बुझे । झन्डै साढे ३ सय दर्शकहरु दुई अभिनेतासँग सेल्फी लिन हानाथाप गरिरहेका थिए । हरेक एक दर्शकसँग उनीहरुले हात मिलाउँदै फिल्मको विषयमा भलाकुसारी गरे । खगेन्द्र र अनुप दर्शक प्रतिक्रियाबाट उत्साहित देखिएका छन् ।

खगेन्द्र भन्छन्, ुदर्शकको यो मायाले थप जोश थपेको छ । मलाई हरेक नयाँ फिल्म केही फरक लिएर आउनु पर्ने चुनौती हुन्छ । ‘डमरुको डण्डीबियो’ के होला भन्ने ठूलो डर थियो । तर दर्शकहरुको उत्साहजनक साथले डर शक्तिमा बदलिएको छ ।ु यस्तै, अनुप बराल पनि दर्शक प्रतिक्रियाबाट सन्तुष्ट भएको बताउँछन् ।

फिल्मको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ । यसका निर्देशक छेतेन गुरुङ हुन् । यसमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारहरुको लिड रोल छ ।

घले गाउँ र काठमाडौंमा खिचिएको यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्