धादिङमा ४ सवारी साधन आपसमा ठोक्किदा आगजनी, ३ जना घाइते

कलाखबर संवाददाता,१९,बैशाख – धादिङ । पृथ्वी राजमार्ग धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा एक ट्रकमा आगो लागेको छ ।
नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा आगो लागेको बताइएको छ ।
घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा मोटरटसाइकल ट्रक मुनीपर्दा आगलागी भएको स्थानिय बैरागीकुमारले जानकारी दिए । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।