विवाह मण्डबाटै दुलहा र दुलहीलाई किन प्रहरीले पक्राउ गरे ? रहस्य यस्तो छ
कलाखबर संवाददाता, रुकुम, १८– बैशाख । बिबाह मण्डवबाटै बेहुला बेहुली पक्राउ परेका छन । रुकुम जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह सकिन अन्तिम चरणमा पुग्दा प्रहरीले बेहुला बेहुली दुवैलाई पक्राउ गरेको छ ।
गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले बेहुला बेहुलीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो ।
केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार केटीका अभिभावक शिक्षक छन् । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उनको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले दुलाहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।