Logo

’कहीँ कतै’को गीत रिलिज (भिडियो)


कलाखवर सम्वाददाता, बैसाख १४  -चलचित्र ‘कहीँ कतै’को नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ’झ्वाँईय झान’ बोलको सार्वजनिक गीत यसअघि भारतमा रिलिजको लागी युटुयुबमा रिलिज भइरहेको छ । सचिन सिंहको सङ्गीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् ।

यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ । बिहीबार आयोजना गरिएको कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिति थियो । यी दुवै कलाकार यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् ।

सिक्किम स्थायी घर भएकी नव(नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ’बेबी’ गिरीको पनि प्रमुख अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले लेखन–निर्देशन गरेका हुन् । चलचित्र श्रावण २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्