एनएफडिसको मनोनयन सार्वजनिक

कलाखवर सम्वाददाता, बैसाख ९ –एनइफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको छैटौँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४’को पाँच मनोनयन सार्वजनिक गरिएको हो । अवार्डमा २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म प्रदर्शन भएका चलचित्रको सहभागी रहेको आयोजक बताउँछन् ।
२ विधा थपिन्दै कुल २३ विधा रहेको अवार्डमा वरिष्ठ निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माको सम्मानमा ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र सम्बाद, राष्ट्रिय चलचित्र पुरस्कार र वरिष्ठ गीतकार किरण खरेलको सम्मानमा ‘किरण’ सर्वोत्कृष्ट गीतकार, राष्ट्रिय चलचित्र पुरस्कार को अवार्ड यस वर्ष देखि प्रदान गरिनेछ ।