Logo

मलाई प्रेम गर्ने धेरै छन् : तरकारीवाली


कलाखवर सम्वाददाता, बैसाख ७,काठमाडौं – तरकारी बोकेर बजार जाँदै गर्दा एक पटक उनी यसरी चर्चामा आइन् कि एकै रातमा देश तथा विदेशले चिन्यो तर त्यो चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । अब फेरि उनी एक पटक फिल्मी पर्दामा छाउने तरखरमा छिन् । उनी अर्थात कुशुम श्रेष्ठ । कुशुम तरकारीवालीको नामले भइरल भएकी युवती हुन् । तस्बिर भाइरल भएपछि सबैतिर चिनिएकी उनी ‘लम्फू’ चलचित्र मार्फत पर्दामा छाउन लागेकी हुन् । २८ वैशाखदेखि प्रदर्शनमा आउने यो चलचित्रको उनी मुख्य भूमिकामा रहेकी छन् । चलचित्रको अहिले प्रचारप्रसार भइरहदा उनको पनि चर्चा चल्न थालेको छ । ‘लम्फू’मा आफ्नो निक्कै राम्रो भूमिका रहेकाले अभिनयमा स्थापित हुने उनी बताउँछिन् । आकर्षक अनुहार, मनमोहक मुस्कान र हाइट राम्रो भएकी कुशुमसँग एकै भेटमा जो कोही पनि मोहित हुन सक्छ । उनै कुशुमसँग दश प्रश्न :

1. फिल्मी यात्रा भर्खर सुरु भएको छ, कस्तो लागिरहेछ ?
रमाइलो मनिरहेकी छु । एक्साइटेड छु । ‘लम्फु’ मेरो डेब्यु चलचित्र हो । भग्यले साथ देला भन्ने छ । चलचित्र राम्रो बनेको छ । चल्छ होला । म पनि हिट हुन्छु भन्ने छ ।

2. एक त भाइरल गर्ल, त्यसमा पनि नायिकाको रूपमा देखिँदै हुनुहुन्छ । आफ्नो सौन्दर्यको ख्याल कतिको गर्नुहुन्छ  ?
अहिलेसम्म त्यस्तो केयर गर्ने गरेकी छैन । सिम्पल भएर हिँड्न रुचाउने केटी हुँ । आँखामा गाजल, ओठमा लिपस्टिक र गालामा क्रिम पाउडर लगाउन भने छुटाउँदिन ।

3. फिटनेसतिर रुचि छ  ?
कहिले काहीँ घरमै गर्ने गरेकी छु । म गाउँमा हुर्किएकी छोरी हुँ । त्यसैले घरको कामले नै मेरो एक्सरसाइज हुने गरेको छ । अहिले भने मर्निङ वाक पनि जान थालेकी छु ।

4. फेसनतिर लगाव त होला नि, हैन  ?
त्यस्तो लगाव भन्ने छैन । आफूलाई राम्रो लागेको, सुहाउने किन्छु । चलेकै पहिरन भए पनि आफूलाई सुट गर्दैन भने लगाउँदिनँ । पहेँलो कलरको पहिरन मलाई निकै मनपर्छ र सुहाउँछ पनि । कुर्ता, सुरुवाल, वान पिस, पाइन्ट, टिसर्ट लगायतका प्रायः सबै प्रकारका पहिरनमा राम्री देखिन्छु । सीधै भन्नुपर्दा सिम्पल ड्रेसमा म राम्री देखिन्छु ।

6. नराम्रो बानी ?
मानिस भएपछि राम्रो र नराम्रो बानी दुवै हुन्छ । आफैले भन्नुपर्दा ढिलो उठ्ने मेरो नराम्रो बानी होला । किन किन म बिहान छिटो उठ्नै सक्दिनँ ।

7. लक्ष्य  ?
अभिनयमा पाइला राखेकी छु । सफल बनेर अभिनेत्रीका रूपमा सबै माझ परिचित हुने लक्ष्य छ ।

8.प्रेममा हुनुहुन्छ ?
छैन । मलाई प्रेम गर्ने, मन पराउने, आफर दिने धेरै छन् । अहिले करियर बनाउने बेला हो । पहिले करियर बनाउँछु अनि प्रेमको विषयमा सोचौंला भन्ने गरेकी छु ।

9. मनपर्ने हिरो ?
आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, अनमोल केसी मनपर्छ ।

10. डेटको अफर मिल्यो भने ?
अहिले नै नभनम होला । यस विषयमा पछि कुरा गरौंला ।

प्रतिक्रिया दिनुहोस्