बक्स अफिस प्रणाली लागु हुने
कलाखवर सम्वाददाता, बैसाख ७,काठमाडौं – लामोसमय देखि चलचित्र क्षेत्रले प्रतिक्षा गरेको बक्सअफिस प्रणाली इ–टिकेटिङ सिष्टम अब लागु हुने भएको छ । उपत्यकामा संचालिच सिंगल थिएटरमा यही बैशाख इ टिकेटिङ सिष्टम लागु गर्ने चलचित्र विकास बोर्डले तयारी गरेको छ । जसका लागि एपिआई प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।
बोर्ड अध्यक्ष निकिता पौडेलले बैशाख १० गतेदेखि औपचारिक बक्सअफिस सुरु गरिने बताइन् । जस अनुरुप चावहिलस्थित गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सोमबार गरिएको छ । गोपीकृष्णसँगै कोटेश्वर जारिबुटी अवस्थित पुष्पाञ्जली, बौद्धस्थित सिदार्थ, कलंकी लगायतका चलचित्र भवनमा पनि योसिस्टम प्रणाली शुरु हुनेछ ।
‘केही दिनमै गोपीकृष्ण मुभिजमा चलचित्र हेर्ने दर्शकले इ टिकेटिङ सिष्टमबाट टिकट काट्न पाउनेछन्’ सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले भनिन् ‘हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५\०७६ अर्थात श्रावण देखि पूर्ण रुपमा देशभर नै बक्स अफिस अनिवार्य लागु गरिनेछ ।’ पौडेलले उपत्यका बाहिरका हलहरुमा पनि अहिले सरभर जडानको काम भरहेको जानकारी दिदै आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरलाई बोर्ड सहयोग पनि गर्ने जानकारी दिइन् । राज्यलाई तिर्नु पर्ने करमा हल संचालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनु पर्ने समेत पौडेलको तर्क थियो ।