Logo

गायीका रजनी लामाले कसिन लगनगाँठो

कलाकखबर संवाददाता,बैशाख,७–धादिङ । लोकप्रीय गायीका रजनी लामाले बुधबार लगनगाँठो कसेकी छन् । धुलीखेल निवासी हेमराज तामाङसँग उहाँकी शुभविवाह सपन्न भएको हो । राजनिति तथा कलाकरिता जगतको जम्काभेदसँगै चलेको यी दुई जोडीको करिब ६ महिनाको प्रेम सम्वन्ध अन्त त विवाहमा परिणत भएको छ ।

यि दुई जोडीलाई शुभकामना तथा बधाई दिन भिन्न लब्ध प्रतिष्ठत व्यत्तित्व एवम् सेलीब्रेटीहरु निकै आतुर देखिए । करिब चार हजारको हराहारीमा उपस्थित आम जनमानसले विवाह मण्डप भरिभराउ थियो । गायीका रजनी लामा सेलीब्रेटी भएकै कारण सञ्चारकर्मी एवम् कलाकर्मीहरुको बाग्लो उपस्थिति देखिए ।

उपहार र शुभकामना दिनेको निकै घुइँचो थियो । सञ्चारकर्मी एवम् कलाकर्मीहरु कमश ः अन्जु तामाङ,सृजना भण्डारी , तथा विपना गोले आदी स्तेजमा गई अंगालो हाल्न समेत भ्याए । विवाह मण्डपलाई जग्य र साँगतिक स्तेज गरि दुई भागमा विभाजन गरिएका थिए ।

वाल कलाकार देखि राष्ट्रिय कलाकारहरुको नृत्यले मण्डप जन रमाईलो बनाएको देखिए । गायीकालाई कञ्चन लामाले शृङगार गरेका थिए । जग्य अवधि भरि नै दुलही शृङगारको पोशाकले निकै रमाईलो देखिए । हशिलो मुहार र मुस्कानको लहरले मण्डप नै झन रमाइलो देखिए ।

उहाँको अनुहारमा एक प्रकारको खुशी बलीरहेका थिए । दुलहीको पोशाकमा सजिएकी लामाले खुशीको मुस्कानको लहर छर्दै मण्डपबाटै सबै शुभचिन्तकहरुलाई अभिवादन फर्काई रहे । सेलीब्रेटी , लब्ध प्रतिष्ठित व्यतित्व एवम् गाउँ पालीका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

यसबाट कलाकारिता जगत एवम् विभिन्न संस्थासंग आबद्घ हुदै अगाडी बढ्दै जादा गायीका लामाले आफ्नो फ्यानहरु निकै कमाएको प्रस्तै देखिए । थाक्रे गाउँपालीका सस्य तथा वडा अध्क्ष समेत रहेका लामाले आफ्नो कर्म र भाग्यले जता दोहोर्या पनि आफु जन्मेको गाउँ र समाजको लागी पाएको जिम्मेवारीवाई नर्बिने बताइन् ।

विवाह पश्चात आफ्नो काममा परिवारको पनि झन सहयोग रहने उहाँकी भनाइ थियो । आफ्नो कार्य र क्षेत्र श्रीमानको पनि रोजाइको विषय भएकोले यसमा उहाँको पुरा सहयोग रहने लामाले बताइन् । गीत–संगीत उहाँको पनि रोचकको विषय बनेकोले श्रीमानलाई पनि यसै क्षेत्रमा ल्याउने दावी गरिन् ।

लामो समयदेखि साँगीतिक आकाँशमा उदाएकी गायीकाले दर्जनौको संख्यामा गीतहरु गाइसकेका छन् । पछिल्लो समय निकै रोमाञ्चक एवम् मार्मिक भाकाहरु बजारमा ल्याएर आम दर्शक स्रोताको मनलाई जित्न सफल भएका छन् ।

अन्तमा आफ्नो निमन्त्रनालाई स्वीकार गर्दै आउनु भएका सम्पूर्ण कलाकर्मी, सञ्चारकर्मी, सेलीब्रेटी, आफन्तजन, लब्ध प्रतिष्ठित व्यतित्व, आफ्नो फ्यान साथी भाई सबैलाई एक मुस्तमा धन्यवाद दिन चाहेको कलाखबरलाई बताइन् ।
जन्मेको गाउँ र समाजको लागी पाएको जिम्मेवारीवाई नर्बिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्