Logo

आयो ‘भोर’को ट्रेलर


कलाखवर सम्वाददाता, बैसाख ४,काठमाडौं – ‘झोला’का निर्देशक यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’को ट्रेलर ल्याइएको छ । नयाँ बर्ष २०७५को अवसर पारेर ट्रेलर रिलिज गरेको हो । तराईमा व्याप्त दाइजो प्रथाको कथा उठान गरेर निर्माण गरिएके चलचित्रको ट्रेलर अहिले सार्वजनिक भइरहेको चलचित्र भन्दा भिन्न देखिन्छ ।

दाईजोले महिला हिंसा मात्र नभई मानव हिंसागरेको भन्दै सामाजिक कुरुतिको रुपमा व्याप्त यो प्रथालाई निर्मुल पार्ने अभियानको रुपमा चलचित्र निर्माण गरिएको हो । साहित्यकार कृष्ण धरावासीले लेखेको यो चलचित्रको पटकथा निर्देशक भट्टराईले तयार पारेका हुन् । राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको यो चलचत्रिका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । २१ बैशाखबाट प्रदर्शनमा आउने यो चलचित्रको केही दिन पहिले मिथिलाधाम जनकपुरमा प्रिमियर गरिएको थियो । प्रिमिएरमा दर्शकले चलचित्र रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्