Logo

राजनराज र अञ्जुको गीतमा फेरी नाचे ‘हैट’ (भिडियो सहित)


कलाखवर सम्वाददाता, बैसाख  ४,काठमाडौं –आजकल कलाकार बुद्दि तामाङ्ग उर्फ हैट फिल्ममा छोटो भूमिकामा मात्र सिमित छैनन् । उनले केहि चलचित्रमा प्रमूख भूमिका निभाएका छन् । त्यो मध्ये एक हो जेठ २५ मा रिलीज हुने ‘चङ्गा’ ।डिट्ठासाबुको नामले परिचित किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीले गज्जबको नृत्य गरेका छन् । हालै सार्वजनिक राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको ‘कम्पनी माला’ बोलको गीतमा उनि नाचेका छन् । गीतमा शब्द राजेन्द्र थापाले लेखेका छन् । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ ।

फिल्म पुर्णतः कमेडी रहेको बताईन्छ । निर्देशक भण्डारीले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो रहेको बताएका छन् । यो फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको प्रमूख अभिनय छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ;

प्रतिक्रिया दिनुहोस्