साँगीतिक जगतमा प्रचुर प्रतिभा जमाउदै, उदाउदो तारा बनीन्, रजनी लामा
राजकुमार राई, चैत्र–३०,काठमाण्डौ । धदिङ जिल्लाको थाक्रे गाउँ पालीका सिमलडाँडामा जन्मिएकी गायीका रजनी लामा एक बहुमुखी लोक प्रतिभा हुन । शान्त स्वभाव अनि कोमल हृ्रदयले ओतप्रोत उनी , प्रकृतिको काखमा गएर खेल्न र रमाउन खुब मन पराउथीन् । वनपाखामा फूलेका राताम्य लाली गुराँस, सयपत्री, मखली तथा नागवेली जस्ता फूलहरुको सुन्दर्ताहरुसँग रमाउन र वसन्तमा पलाएका
वनपालुवा,मुनासँगको स्पर्शमा रमाउने जस्ता गायीका लामाका वाल्यकलीन स्वभावहरु थिए । आर्थिक मन्द गतिको चपेटामा पिल्सदै सामान्य परिवारमा जन्मेकी गायीका लामाले सानैदेखि गायीका बन्ने सुनौलो सपना देखेका थिए । रेडियोमा बजेका राम्रा राम्रा गीतहरु सुन्ने र नक्कल गर्ने गर्थीन् । जस्ले गर्दा सफल गायीका बन्ने प्रेरणा मिलेको उहाँकी भनाई छ ।
रेडियोमा पहिलो चोटी गीत गाउदा निकै रमाईलो लागेको र आम स्रोताको निकै हौशला र प्रशसा पाएको समेत लामाले बताउनु भयो । साथै गीतसँगीत एउटा आफ्नो रुचीको विषय बनेका तथा परिवार , साथीभाइको हौसला, माया, पे्ररणाले गर्दा एल्वम निकाल्न सजिलो भएको गायीका लामा बताउछीन् ।
वि.स. २०६४ सालमा प्रवेशीका परिक्षा उत्तिर्ण गरे लगतै लामो समय करिब ६ वर्ष शिक्षण पेषामा आबद्घ भएर सेवा गरिन् । घरायसी व्यस्तता र समाजसेवामा लागेकी कारण आफ्नो उच्च शिक्षाका लागी बने अनुकुल समय दिन सक्नु भएन । गीत सँगीत एकातिर आफ्नो रुचीको विषय बनेकोले त्यतैतिर लागे ।
वि.स.२०७० सालबाट साँगीतिक आकाशमा उदाएकी गायीका लामाले हाल सम्म आई पुग्दा निकै चर्चित र मार्मिक सयौ गीतहरु गाइसकेका छन् । मायाको कसम,डम्फुको तालमा, हिउ भन्दा गोरी, ओइ च्याङबा,.जस्ता सेलो भाका एवम् माया लाउन पोखरा, जुनेली रातको छाँयाले, ए प्रदेशी, खुट्टा भए जुत्ता, कत्ति फाटेको चोली, तिम्रो माया जालैमा, गाउदै मैले गीत, देउरीको छ्याङ उनका निकै मार्मिक दोहारी भाकाहरु हुन् । यी गीतल बजारमो निकै व्यापक चर्चा पाएका छन् ।
लामा समुदायमा हुर्केकी गायीकाले विशेष गरि पश्चिमी दोहोरी भाका गाउने गर्छिन् । पाल्पा ,गुल्मी बुटवल,नुवाकोट,स्याङजा,मकवानपुर जस्ता पश्चिमी नेपालमा उनको निकै व्यापक चर्चा छ । भिन्न महोत्सव, मेला, पर्वमा उनी भ्याई नभ्याई छिन् । गायीका लामाले गीतसँगीतको ईतिहासमा आफुले सकेको सहयोग गर्दै अब नयाँ लोक प्रतिभा जन्माउने समेत बताइन् ।
आफु गीतसँगीतकै लागी जन्मिएकोले यो भन्दा अरु कुनै विकल्प सोच्न नसकिने उहाको भनाई रहेको छ । यो क्षेत्र आफ्नो रुचीको विषय मात्र नभएर मनका पिडा, दुःख ,वेदना, जस्ता विसाउने एउटा सितल चौतारी बनेकोले पनि आफु यस क्षेत्रमा सन्तुस्त रहेको बताउछिन् । हाल उनी धादिङ थाक्रे गाउँपालीका बडा अध्यक्ष तथा हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिस्ठान नेपालको धादिङ जिल्ला अध्यक्ष समेत रहेको छ ।