Logo

विपिन कार्कीको श्रीमती बन्दै नम्रता


कलाखवर सम्वाददाता,चैत २८- अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्कीले श्रीमान् श्रीमती बन्दै घर बसाउने भएका छन् । यी दुवै कलाकारले रियल लाइफमा नभएर रिल लाइफमा श्रीमान् श्रीमतीको रुपमा घर बसाउन लागेका हुन् ।

नम्रता र बिपिनले श्रीमान्–श्रीमतीको रुपमा घरजम गर्ने चलचित्र ‘प्रसाद‘को सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा भयो । ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘पर्व’ लगायत केही चलचित्र निर्देशन गरिसकेका दिनेश राउतले यसलाई निर्देशन गर्दैछन् । निःसन्तानका कारण पति र पत्नि बीचमा उत्पन्न हुने समस्याको बिषय उठाएको चलचित्र ‘प्रसाद’ असमझदारी, अविश्वास तथा आफैँमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता समेत देखाउने निर्देशक राउतले बताए ।

चलचित्रको स्क्रिप्ट पत्रकार सुशील पौडेलले लेखेका हुन् । यस अगाडी अनमोल केसीको ब्यानरमा एक चलचित्र बनाएका सुभाष थापाले यसलाई बनाउन लागेका हुन् । वैशाख पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा राजेश श्रेष्ठको छायांकन र कोशिस क्षेत्री र सुवास भुषालको संगीत सुन्न सकिनेछ । चलचत्रिमा नवीन मानन्धरको पनि प्रमुख भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्