मिस इको इन्टरनेशनलका लागि इजिप्ट उड्दै मौनता
कलाखवर सम्वाददाता,चैत २८-अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । १० अप्रिल देखि ३० अप्रिलसम्म इजिप्टमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन लामा सोमबार९आज० राती १२ बजे त्यसतर्फ उड्न उड्दैछिन् ।
६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाउदै प्रतियोगिताका लागि चयन गरेको थियो ।
लामा नेपालको चौथो सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागिता जनाएका थिइन् । कपन निवासी १८ बर्षीय लामाले नेपालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो राम्रो प्लेटफर्म भएको बताइन् । उनले भनिन् ‘नेपालको कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगितामा आफु सहभागी हुन लागेको हो ।’