Logo

सलमान खान जेठमा नेपाल आउने


कलाखवर सम्वाददाता,चैत २७ -भारतीय अभिनेता सलमान खानसहित बलिउड कलाकारहरु ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका छन् । यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो । कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टका अनुसार अब कार्यक्रम १२ जेठमा काठमाडौँको टुँडिखेलमा आयोजना हुनेछ ।

कृष्णसार शिकारको मामिला सलमान जेल चलान भएपछि कार्यक्रमबारे अन्यौलता थपिएको थियो । सलमानले सो मुद्दामा जमानत पाए पनि देश बाहिर जान नपाउने भनिएको छ । जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो । कार्यक्रमका आयोजक तथा ओडिसीका अध्यक्ष सिमान्त गुरुङले कार्यक्रमका लागि डेढ महिना समय बाँकी भएकाले आजबाटै जोडतोडका साथ तयारी शुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्