Logo

‘तिमि हुन्छौ जहाँ जहाँ’ को गीत सार्वजनिक


कलाखवर सम्वाददाता,चैत २७ -चलचित्र ‘ तिमि हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री मलिना जोशी र नायक मनिष श्रेष्ठ फिचरिङ रहेको गीत मङ्गलवार काठमाडौँ एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत, अन्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

बिना प्रचार सुटुक्क छायाङ्कन गरिएको चलचित्रले गीत रिलिजसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्र आउँदो असार ८ गतेबाट रिलिज हुने निर्माण पक्षले बताएको छ । चलचित्रलाई विकास बस्यालले निर्देशन गरेका हुन् भने मदन दवाडी, दाइ चन्द्र दवाडी र हरिप्रसाद अधिकारीको लगानी रहेको छ । चलचित्रमा मलिना र मनिषको साथमा स्वरुपपुरुष ढकालको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, माधव घिमिरेको पटकथा र संवाद र भुपेन्द्र अधिकारी र सालिक दुडलको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्