Logo

‘शत्रु गते’ले बनायो नयाँ रेकर्ड


 

कलाखवर सम्वाददाता,चैत २७ -चलचित्र ‘शत्रु गते’ले जापानको पहिलो शो हाउसफुलको साथ बम्पर ओपनिङ्ग गरेको छ । ए-वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा आइतबार टोकियोको नाकानो जिरो हलमा सम्पन्न चलचित्रको रेड कार्पेट प्रिमियर शोमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो । बालबच्चादेखि बुढापाकासम्मका दर्शकहरुले भरिभराउ हल समय बित्दै जाँदा झनझन् साँघुरो बन्दै गयो ।

उता आयोजकलाई दर्शकहरुको भिड सह्माल्न धौंधौं, यता दर्शकहरु सिट रोक्नलाई दौडधुप । झट्ट हेर्दा, नेपालकै सिनेमा घरमा चलचित्र हेर्न आएजस्तै आभाष धेरै दर्शकहरुले गरे । चलचित्र हेर्न आएका दर्शकहरु हलको क्षमताभन्दा धेरै भएपछि कोहि फर्किन बाध्य भए त कोहि भुईंमै बसेर पनि चलचित्र हेर्न हौसिए । ‘शत्रु गते’ले जापानको इतिहासमै हाउसफुलको साथ चलचित्र प्रदर्शनको नयाँ रेकर्ड समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्