गजल
सुरेन्द्र खनाल दमौली, तनहुँ
“मास्टर जी”
आवश्यकता भन्ने कुरा कहिल्लै हुन्न पुरा
यो चिज त्यो भन्दाभन्दै चाहियो धेरै कुरा ।।
पहिला भयो पढ्नै ठिक्क खर्च माथि खर्च
अहिले भने चारैतिर सम्पत्तीकै चर्चा ।।
पहिला – पहिला सोच थियो पढाइनै ठुलो
कमाईधमाइ गर्न छोडी बस्नु ठुलो भुल भो ।।
पढ्दा-पढ्दै ऋण लाग्यो सम्पत्ती नी गयो
पहिला बुद्दि नपुराउदा लाज दुःख पायो ।।
आफु पढ्दा “मास्टर जी”को ठुलो इज्जत थियो
त्यै देखेर मास्टर भई तनमन त्यतै दियो ।
विदेश जाने दाजुभाईको महिनै पिच्छे लाख
गाह्रो भयो मास्टर जी लाई बचाउनलाई साख ।।
श्रीमतीलाई एउटा घर, शहरमै चाहियो
छोरी भन्छे स्कुटर, नत्र गाली खाइयो ।
छोरालाई पल्सर अनी, ल्यापटप पनि चाहियो
फेसन हो कि आवश्यकता ? कस्तो चलन ल्याइयो ।।
त्यहि भएर जागीर छाडे, विदेश जाने चक्कर
दलाल धोका दिएर पाँए ठुलो ठक्कर ।
पहिला-पहिला मास्टर जीको ठुलै इज्जत थियो
अर्को जुनी मास्टर हुन्न भन्ने कसम लियो ।।