Logo

विदाई तथा वृहत सँस्कृतिक कार्यक्रम सम्पन्न



राजकुमार राई ,चैत्र १५ – मनमोहन मेमोरियल कलेजले कक्षा १२ का विद्यार्थीहरुका लागी विदाई, पुरस्कार वितरण तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । क्याम्पस प्राङ्गण नयाँ बजारमा आयोजित कार्यक्रम विहान ६ बजेदखि दिउसो ४ बजे सम्पन्न भएको थियो । क्याम्पसका अध्यक्ष वाचस्पति देवकोटाको सभापतित्वमा दिप प्रज्वलन गरि कार्यक्रमलाई उदघाटन गरिएको थियो ।

काठमाण्डौ क्षेत्र ७ का नव–निर्वाचित एमाले सांसद रामवीर मानान्धर प्रमुख अतिथि तथा नुवाकोट क्षेत्र नं १ का एमाले सांसद नारायण खतिवडा एवम् राष्ट्रिय परिक्षा वोर्ड काठमाण्डौका प्रमुख जंग बहादुर अर्याल विशेष अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । अन्य अतिथिहरुमा क्याम्पस प्रमुख राम प्रसाद अर्याल, कार्यकारी निर्देशक डा.बाबुराम अधिकारी, कलाकार अतिथिमा लोक गायक सागर गुरुङ थिए । राष्ट्रिय गानसँगै कार्यक्रम उदघाटन भए पछि प्रध्यापक एवम् क्यम्पसकी अतिरिक्त क्रियाकलाप प्रमुख रश्मी अधिकारी र प्रशिक्षक सुदन ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सञ्चालन गर्दै आफ्नो स्थापनाकालको १८ औ वर्ष पुरा गर्दै जादा धेरै प्रगति हाशिल गरि सकेको क्यामपसका प्रशासन प्रमुख द्रोण बहादुर अधिकारीले बताउनु भयो । यो अवधि पार गर्दै जादा नेपालको ६८ जिल्लामा विद्यार्थी सञ्जाल विस्तार भएको उहाँले कलाखबरलाई बताउनु भयो । कक्षा ११ देखि स्नातकोत्तर सम्म अध्यायन गर्ने विद्यार्थी संख्या करिब २००० जना रहेको उहाँको भनाई थियो । कार्यक्रममा, मन्तव्य, प्रहसन,गजल, गायन, नृत्य, तथा कक्षा ११ र १२ मा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कार वितरण एवम् सम्मान समेत गरिएको थियो । औपचारिक रुपमा कार्यक्रमलाई क्यामपसका प्रशासन प्रमुख द्रोण बहादुर अधिकारीले सञ्चालन गरेका थिए । यसरी अबिर, खदा,माला लगाएर विदाई समारोह भइ रहदा सम्पूर्ण शिक्षक विद्यार्थीहरुको आँखा भरि आँशु रसाई रहेका थिए ।

“विदाई छ भाई बहिनीहरुलाई ” भन्ने सांगीतिक गीत प्रस्तुत गरिरहदाँ, कार्यक्रम सञ्चालक द्रोन बहादुर अधिकारी हात हल्लाउदै निकै भावुक देखिए । त्यस्तैे भावविहल बनेका क्याम्पस प्रमुख राम प्रसाद अर्यालले विद्यार्थीहरुलाई अँगालो मार्दै वधाई तथा सफलताको शुभकामना दिएका थिए । प्रहसन, गीत,नृत्य र कविता वाचनले कार्यक्रमलाई निकै रमाईलो माहोल बनाएको थियो । मिलन र विछोडको पिडाले निकै भावविह्ल अवस्थामा देखिएका प्रध्यापक एवम् विद्यार्थीहरुलाई मलम लगाउने काम , वि.वि.एस दोस्रो वर्षमा अध्यनरत गायीका यमुना दुर्लामी मगरले गरिन् । स्टेजमा उक्लिएर जब साँगीतिक प्रस्तुति दिन थालीन तब सबैको आँखामा उज्यालोपन देखिन थाल्यो । लोक प्रशिद्घ गायक सागर गुरुङले भने निकै रमाइेलो माहोल बनाए । स्टेज अगाडी पछाडी बसेका सबैलाई जुरुक्क जुरुक्क उठाएर नचाए ।

हेरौ सहकर्मी उत्सव वाग्लेले कार्यक्रम स्थलमै गएर खिचेका रोचक तस्विरहरु ः

प्रतिक्रिया दिनुहोस्