Logo

‘नेप्टे’को तीन पोस्टर सार्वजनिक


कलाखवर संवाददाता चैत ७- देव कुमार श्रेष्ठको निर्देशकमा तयार भएको चलचित्र ‘नेप्टे’को तीन पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा चलचित्रका कलाकारहरू रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङ लगायतका फिचर भएका छन् । चलचित्र लाई रोहित रुम्बाले निर्माण गरेका हुन् ।

चलचित्रमा रोहित स्वयंमले कथा लेखेका छन् भने पटकथा र संवाद किरण माइकलको रहेको छ । चलचित्रमा सन्तोष राज, बाबु बोगटी, ओम सुनारको सङ्गीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध रहेको छ । चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्