रानाभाट सेवा समाजको साँस्कृतिक कार्यक्रम सम्पन्न

राजकमार राई,चैत २- मध्यमाञ्चल क्षेत्रीय प्रदेश नं ३ को रानाभाट सेवा समाजले वनभोज तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरि दुई चरणमा विभाजन गरिएको थियो । राजु रानाभाटको सभापतित्वमा कार्यक्रमलाई ईश्वरी लैडारीले सञ्चालन गरेका थिए । विशिष्ट अतिथिमा केन्द्रिय महासचिव तिलक रानाभाट रहेका थिए । अन्य अतिथिहरुमानिवर्तमान सचिव सुरेन्दरानाभाट ,प्रहरी निरीक्षक प्रकाश रानाभाट लगायत रानाभाट सेवासमाजका पदाधीकारीहरु रहेका थिए ।
औपचारिक कार्यक्रमको सुरुवातसँगै प्रदेश न. ३ का कोषाध्यक्ष कृष्ण रानाभाटले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तव्यको क्रममा उहाँले रानाभाटहरुको आफ्नो छुट्टै इतिहास र पहिचान रहेको तथा आपसी सहयोगी भावना परार्पूकालदेखि नै रहिआएको बताउनु भयो । यहि परिपेक्षमा आपसी चिनजान, भेटघाट तथा परिचय गर्ने उद्देश्य स्वरुप यस कार्यक्रमको आयोजना गरिएको समेत उहाले बताउनु भयो ।
त्यसतै गरि विशिष्ट अतिथि केन्द्रिय महासचिव तिलक रानाभाटले, रानाभाटहरुको थौरै संख्या भए पनि सबै राज्यका अङ्गहरुमा पुग्न सफल भएको बताउनु भयो । साथै कुनै पनि देश र समाजको विकास र उत्थानका लागी कलाकारको ठूलो भूमिका रहेको समेत उहाले बताउनु भयो ।
कार्यक्रमलाई रोचकता थप्नका लागी राष्ट्रिय स्तरका कलाकारहरुले वेजोड प्रस्तुति दिएका थिए । कलाकारहरुमा लोक तारा २०६८ कमला पोख्रेल, लोक तारा २०७१ कृष्ण रानाभाट, गायक भीम कुसारी,सन्तोष दवाडी,देव शहनी,डम्बर नेपाली,कृष्ण शिशिर,तथा हाँस्यव्यङग्य कलाकार किसन खत्री आदी रहेका थिए । हाँस्व्याङग्य कलाकार किसन खत्रीले पेट मिचिमिचि आम दर्शकलाई हसाएका थिए । लोक तारा कृष्ण रानाभाट र कमला पोख्रेलले आम दर्शकलाई पन्चै बाजाको गीत लहरीबाट तमाम दर्शकलाई नचाएका थिए ।
हेरौँ सहकर्मी उत्सव वाग्लेले खिचेका केहि तस्वीरहरु ः