‘चौका दाउ’को निर्माण घोषणा
कलाखवर संवादाता चैत २-चलचित्र चौका दाउ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।
बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो चलचित्रको निर्माण घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक चलचित्र हुने जानकारी सो कार्यक्रममा गराए । बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने उनले बताए । चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई तक्मे बुढा, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरियो । यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो । यसका नायक र नायिको चयन हुँदै गरेको पनि जानकारी गराईयो ।
यो चलचित्रका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् । जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण निर्देशन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।