Logo

चलचित्र ‘नेप्टे’को ट्रेलर सार्वजनिक (भिडियो)


अन्जन पनेरु ,चैत २ -चलचित्र ‘नेप्टे’को ट्रेलर का सार्वजनिक गरिएको छ । गत सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको ‘नेप्टे’ चैत्र ३० मा रिलिज हुदै छ । सामाजिक कमेडी जनरामा बनेको चलचित्रलाई रोहित रुम्बाको लगानीमा देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरलाई पूर्ण रुपमा कमेडी शैलीमा तयार पारिएको छ । चलचित्रमा दयाहाङ राई खलपात्रको भूमिकामा रहेकाले कुनै पनि गीतमा देखाइएको छैन । उनी पहिलो पटक खलनायकको भूमिकामा देखिएका छन् ।

नायिका छुल्ठिम गुरुङले यो चलचित्रको कथा असाध्यै मन परेकाले काम गरेको बताइन् । अर्का, कलाकार वुद्धि तामाङले चलचित्रमा एक्सन गर्दा गाह्रो भएपनि रमाइलो भएको बताए । चलचित्रमा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्