Logo

कलाकारिता जगतमा म भविष्यलाई उज्जवल देख्छु ः मोडल नविन बुढाथोकी


राजकुमार राई,फागुण–२६,काठमाण्डौ । खोटाङ जिल्लालाई जन्म थलो बनाई हाल उदयपुर जिल्लाई बसोबासको उद्गम विन्दु बनाएका मोडल नविन बुढाथोकी एक सफल प्रतिभा हुन् । कलाकारिता जगतलाई नजिकैबाट नियाल्ने नविन, वाल्यकालिन अवस्थादेखि नै शान्त स्वभाव,मिलनसार र हशिलो मुहारको सुवासले ओटप्रोट थिए ।

आग्लो डाडाँमा उभिएर वसन्तको सुसेलीसँग रमाउने, वनपाखामा पलाएका मुना फक्रिएका फूलहरुसंग खेल्न खुब मन पराउथे । विहानीको सूर्योदयले क्षितिजपारिको हिमालमा मितेरी गास्दै पिरतीको किरण धर्तिमा वर्षाएको देख्दा आफू स्वर्गमा उभिएको जस्तो रमाइैलो लाग्थ्यो । विभिन्न पंक्षीहरुको सुमधुर आवाजले वातावरण गुन्जयमान हुँदा आफु अभिनयको धुनमा रमाई रहेको जस्तो आभाष हुन्थे ।

यसरी आफ्नो वाल्कालिन अवस्थामा प्रकृतिसंग लुकामारि गर्दै अगाडी बढेको परिकल्पनामा रमाउने मोडल नविनको सपना अन्त त यथार्थताको यात्रामा परिणत हुन सफल भयो । अभिनय र नृत्यमा सानैदेखि रुची राख्ने बुढाथोकी विगत ६ वर्षदेखि म्यूजिक भिडीयोमा प्रवेश गरेका थिए ।

अनुकुल समयको भाबजुतको कारण कलाकारिता जगतबाट केही समय विलय हुनुपरयो । सफल्ताको सिढी चढ्दै अब भने निरञ्तरतर यस क्षेत्रमा लाग्ने उहाँले कलाखबरलाई बताउनु भयो । सबै प्रकारका गीत–संगीतलाई माया गर्ने बुढाथोकीले करिब दुई दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेका छन् ।

निकै ब्यस्तताको भावजुत भए पनि भर्खरै मात्र फेरि नयाँ म्यूजिक भिडीयोमा खेल्ने अवसर पाएका छन् । वसन्ति लामाद्वारा स्वरवद्घ गीतको म्यजिक भिडियोमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय रहेको देख्न सकिन्छ ।राजधानी फिल्मस्को आफ्नै व्यानरमा निर्मित उक्त म्यूजिक भिडीयोलाई राजधानी फिल्मले आफ्नै युटयूब च्यानलमा अपलोड गरेको छ ।

भरत बम्जनको शब्द रचना र पूर्ण श्री परियारको संगीतले सुसजित यस गीतलाई बसन्तिको स्वर लहरिले निकै सुगन्ध प्रदान गरेको छ । “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् भने छायांकन जनक राज अधिकारी र सम्पादन जोहन राईले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्